हुलाकी न्यूज , जनकपुरधाम : प्रदेश २ का अस्थायी राजधानी जनकपुरमा डा सीके राउत नेतृत्वको जनमत पार्टीले कृषि औजारसहित प्रदर्शन गरेको छ ।

जनमत पार्टी धनुषाको आयोजनामा भएको किसान महार्यालिमा किसानको माग सम्बोधन गर्न माग गर्दै जनमत पार्टीका नेता कार्यकर्तासहित किसानहरुले कृषि औजारसहित प्रदर्शन गरेका हुन् ।

कृषि औजार कोदालो,हसुवा,खुरपी,लहरीको पोट,ढक्किया, हलोलगायतका समाग्री बोकेर ¥यालीसहित गाउँ गाउँबाट हजारौंको संख्यामा धनुषा जिल्लाको सदरमुकाम जनकपुरको रामानन्द चौकमा पुगेर किसान महार्यालिमा किसानहरु सहभागी भएका थिए।

जनकपुरको रामनन्द चौकबाट सुरु भएका किसान महार्याली जिरोमाइल,तपसी चोक,मुरली चौक,कदम चौक,भानु चौक हुँदै नगरको विभिन्न क्षेत्रमा परिक्रमा गरी जनक चौकमा पुगेर कोणसभामा परिणत गरेका थिए।

किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन, समयमा मल र बिउको व्यवस्था तथा फसलको उचित समर्थन मूल्य तोक्नु पर्ने,किसान आन्दोलनमा पक्राउ परेका आन्दोलनकारीहरुलाई रिहाईको माग गर्दै जनमत पार्टीले तराईका विभिन्न जिल्लाको सदरमुकाममा आज किसान महार्याली निकालिएको हो।

करिब तीन सप्ताहदेखि आन्दोलित किसानको जायज मागहरूलाई सरकारले कुनै वास्ता नगरीको र उल्टै किसान आन्दोलनमाथि दमन गरेको छ।किसान आन्दोलनमा गोलि चलाएको सो गोलिबाट ५ जना आन्दोलनकारीहरु घाइतेसमेत भएको जनमत पार्टीकि राष्ट्रिय सचिव अनिता साहले बताएकी छिन् ।

कोणसभालाई सम्बोधन गर्दै जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले किसानको माग सम्बोधन गराउनको लागि आफुहरु गोलि पनि खान तयार रहेको बताएको छ।

उपाध्यक्ष खानले सरकारविरुद्ध हुने महाआन्दोलनमा सहभागिताका लागि सबैलाई आग्रह गरेका थिए।

उनले एसीमा बसेका बहिरा सरकारलाई किसानको समस्याबारे केही थाहा नरहेको र यिनीले आफूहरूको आन्दोलन भाँड्न लागिपरेकोले किसान विरोधी सरकारसँग आफ्नो अधिकारका लागि तयार रहन सहभागीहरुलाई आग्रहसमेत गरेका हुन ।

उपाध्यक्ष अब्दुल खानले यो सरकारले किसानको समस्या समाधान नगरे सत्तामा बसेकाहरुलाई जनकारवाही गर्न सहभागीसँग अपिल गरे ।

उक्त कोणसभामा जनमत पार्टीको राष्ट्रिय सचिव अनिता साह,केन्द्रिय सदस्य इन्द्रजित यादव,किसान आन्दोलनकारी बालकृष्ण साह,प्रेस जनमत संघका राष्ट्रिय अध्यक्ष बीपी साहले किसानहरुको समस्यहरुको बारेमा आ(आफ्नो मन्तव्य राखेको थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.