दिपेन्द्र यादव ,सिरहा: जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा. सीके राउत सिरहाको किसान महारैलीमा बोल्दै सरकारले किसान आन्दोलन लाई बेवास्ता गरे राजमार्ग मै खाना बनाएर आन्दोलन लाई अगाडि बढाउने चेतावनी दिनु भएको छ।सिरहा सदरमुकाम स्थित हेमनारायण चौकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै डा. राउतले यस्तो बताएको हो। बिगत बीस दिन देखि जारी आन्दोलन लाई सरकारले हाल सम्म नसुनेको प्रती दुख व्यक्त गर्दै डा. राउतले सरकार यसरी नसुने बैकल्पिक बाटो रोज्ने बाध्य हुने चेतावनी दिनु भयो।

पुस १५ गते देखि जनमत पार्टीले किसान हकहितका लागि ११ बुंदे माग सहित अनिश्चितकालीन चक्काजाम सहितको कार्यक्रम घोषणा गरेको थियो । त्यसै क्रममा आज सिरहा सदरमुकाममा किसान महारैलीको आयोजना भएको थियो ।
किसानलाई मलखाद्यको वयवस्था हुनुपर्ने , कृषि बिजली निशुल्क हुनुपर्ने , किसान कार्डको व्यवस्था हुनुपर्ने , गिरफ्तार आन्दोलनकारी लाई रिहा हुनुपर्ने जस्ता माग राख्दै जनमत पार्टी अहिले आन्दोलनरत रहेको छ। आजको किसान महारैली तराई मधेशका हरेक जिल्ला सदरमुकाममा रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.