सिरहा: जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा. सीके राउत किसान महारैलीमा सहभागी हुन सिरहा सदरमुकाम आउने कार्यक्रम रहेको छ। पुस १५ गते देखि जनमत पार्टीले किसान हकहितका लागि ११ बुंदे माग सहित अनिश्चितकालीन चक्काजाम सहितको कार्यक्रम घोषणा गरेको थियो । त्यसै क्रममा आज सिरहा सदरमुकाममा हुने किसान महारैलीको कोणसभालाई सम्बोधन गर्न डा. राउत आज १२ बजे सिरहा आउने नेता पंकज कुमार सिंहले बताउनु भयो।

किसानलाई मलखाद्यको वयवस्था हुनुपर्ने , कृषि बिजली निशुल्क हुनुपर्ने , किसान कार्डको व्यवस्था हुनुपर्ने , गिरफ्तार आन्दोलनकारी लाई रिहा हुनुपर्ने जस्ता माग राख्दै जनमत पार्टी अहिले आन्दोलनरत रहेको छ। आजको किसान महारैली तराई मधेशका हरेक जिल्ला सदरमुकाममा रहने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.