रंजन भण्डारी, जलेश्वर, २४ मंसिर । महोत्तरीको लक्ष्मिनियाँ जंगलमा एउटा बसमा आगजनी गरिएको छ । अज्ञात समूहले बसमा आगजनी गरेका हुन् ।

बुधबार बेलुकीको समयमा पूर्वपश्चिम महेन्द्र राजमार्गभन्दा १ सय मिटर दक्षिण कान्तिबजार जाने बाटोमा बा २ ख १२७३ नम्बरको बसमा आगजनी गरिएको हो । आगजनी गरिएको बस पुरानो भएको र बसमा कुनै पनि यात्रु सवार नरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

बस पुर्ण रुपमा जलेर नष्ट भएको र घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.