सिरहा : सिरहाको औरही गाउँपालिकामा जेष्ठ नागरिकलाई वितरण गर्ने समाजिक सुरक्षा भत्ता र बालबालिकालाई बितरण गर्ने बाल पोषण भत्ता बितराणमा ढिलाइ गरे पछि यथाशीघ्र वितरण गर्न जनमत पार्टी औरही गाउँपालिकाले ज्ञापन पत्र बुझाएको छ। यस अघि प्रत्येक ४/४ महिनामा बितरण गर्दै आएको सासु भत्ता सरकारले यस आ.ब २०७८/७९ देखि ३/३ महिना मै वितरण गर्न पत्राचार गरिसकेको छ। तर औरही गाउँपालिका भने ६ महिना देखि भत्ता बितरण गरेको छैन ।

केही दिन अघि देखि तराई मधेश लगायत देशै भरी बढ्दै गएको चिसो छल्न स्वेटर , चादर वा बल्याङकेट किन्ने सपना बोकेका बृद्वबृदाहरुको सपना बिपनाको रुपमा परिणत भैसकेको छ। यो दु:खद मात्रै होईन वृद्धबृदाहरु माथिको अन्याय हो , ज्ञापन पत्रमा भनिएको छ। तसर्थ यथासम्भव ७ दिन भित्र रोकिएको भत्ता बितरण गर्न भनिएको छ। बितरण नभए जनमत पार्टी कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ।

यस अघि पनि गाउँपालिकाले समाजिक सुरक्षा भत्ता बितरणमा ढिलाइ गर्दै आएको प्रती जनमत पार्टी वडा न. ४ का वडा अध्यक्ष सुरेन्द्र कुमार यादवले दु:ख व्यक्त गर्नु भयो। पटक पटक पालिकाले बर्षै भरिको भत्ता अन्त सम्ममा समेत वितरण नगरे पछि जनमत पार्टीले बारबार ज्ञापन पत्र दिदै आएको छ। साथै गाउँपालिकाले बिद्यालयहरुमा दिवा खाजा समेत स्थगित राखेको प्रती ध्यानाकर्षण गराउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.