हुलाकी न्युज ,जनकपुरधाम । प्रदेश नम्बर २ को एक नगरपालिकाका गाडी लिएर कर्मचारीहरु वनभाेजमा दारु पार्टी र डिजे डान्स गरेको तस्विरहरु सार्वजनिक भएको छ ।
प्रदेश नम्बर २ को शहिदनगर नगरपालिका रहेको प्रमुख प्रशासकीय अधिकृत सत्रुधन यादव गाडी सहित अन्य कर्मचारीहरुले पिकनिकमा दारु पार्टी गरेको तस्विरहरु सार्वजनिक भएको छ ।
पुस महिना इन्डियाकाे नयाँ सालमा २०२२ पिकनिक (भोजभतेर) गरेको भनेर केही जनाले फेसबुकमा दारु खाँदै गरेको फोटोहरु सार्वजनिक गरेको छ । नगरपालिका कार्यालयका प्रमुख अधिकृत शत्रुधन यादव आइतबार गाडी लिएर वनभाेज मदिरा पार्टी गरेको हो ।
सरकारी गाडी लिएर वनभाेज यस्ता क्रियाकलाप गरे कारवाही हुने भएपनि कार्यालयको प्रसास्कीय प्रमुख अधिकृत नै आफ्नो गाडी लिएर दारु पार्टी गरेको फोटोहरु सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको छ । प्रमुख प्रशासकीय अधिकृत सत्रुधन यादव गाडी चढ्ने नम्बर 0068 नम्बर रहेको वा देखिनेछ ।
जानकारी अनुसार,शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत्रुधन यादव गाडी सहित अन्य रहेको तापनि तस्बिर र दारु पार्टी गरेको हो ।
मेयर बरबरियाले पटकपटक यसता घटना गराउदै रहन्छ उहाकै नातागोता भएका मानिसहरु रहन्छ । यश अघि पनि सरकारी एम्बुलेन्समा पनि पानी राखिएको भिडियो तस्बिर सर्वजनिक भएको थियाे । विभिन्न मिडियाले समाचार सम्प्रेषण गरेको थियो ।
सोही कर्मचारी सत्रुधन यादव राखेको सरकारी गाडीमा दारु पार्टीको भिडियो सार्वजनिक भएको केही घण्टामै भिडियो हटाएका छन् ।भाेजपुरि लेलाैपाेदिना लेलाैपाेदिना बाेलकाे गितमा डिजे डान्स गरिएको भिडियो सर्वजनिक भएको थियोे
शहिदनगर नगरपालिकाका काङ्ग्रेस उपसभापति शलेन्द्र चौरबार यादवले जनकारी दिएको हाे ।
सरकारी गाडी लिएर कार्यालय भित्र हैन बाहिरमा मदिरा पार्टीपछि प्रशासनले के कस्तो कारवाही गर्ने भनेर कौतुहुल्ता आम नागरिकमा जागेको छ ।
यता, धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रजाैलले इलाका प्रशासन कार्यालय यदुकहा जानकारी गराएको र यसबारे रिषपोर्ट गर्न निर्देशन दिएको बताए ।