सिरहा । जनमत पार्टीले घोषणा गरेको अनिश्चितकालीन पूर्व-पश्चिम राजमार्ग बन्दको प्रभाव सिरहा लगायत देशै भर परेको छ। किसान आन्दोलनमा होमिएका प्रदर्शनकारीहरु विभिन्न किसिमका कृषि औजार सहित प्रदर्शन गरिरहेका छन् । भने प्रदर्शनकारीहरुको अबरोधका कारण दिन भर पुर्ब पश्चिम् राजमार्ग अस्तब्यसत रहदै आएको छ।

आज शनिवार सिरहाको गोलबजारमा हलो र कोदालो सहित प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुले कृषि मन्त्री महेन्द्र राय यादवको पुतला समेत जलाएको छ। मधेश बाटै प्रतिनिधित्व गर्दै कृषि मन्त्री बनेका यादवले मधेशकै किसान पीडित हुदा पनि समाधान नगरेको प्रती आक्रोश व्यक्त गर्दै पुतला दहन गरेको जनमत पार्टी सिरहा जिल्ला सचिब सन्तोष कुमार यादवले बताउनु भयो। माग सम्बोधन गर्न मन्त्री स्तरीय बार्ता टोली गठन सहित ११ बुन्दे माग राख्दै जनमत पार्टी किसान आन्दोलन गरिरहेको छ।

हिजो शुक्रबार जनमतका कार्यकर्ताले बिहानैदेखि सिरहाको लहानमा उखु सहित प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण हिजो पनि राजमार्ग ठप्प भएको थियो ।
प्रदर्शनकारीले लाठी बोकेर राजमार्ग अवरोध गरिरहेका छन् । महिला कार्यकर्ताहरू पनि आन्दोलनमा सहभागी छन् । उनीहरूले किसानको माग पूरा गर, प्रहरी दमन बन्द गर, किसानलाई मलखाद नदिने सरकार मुर्दाबादजस्ता नारा लगाइरहेका छन् ।किसानलाई सिंचाईको व्यबस्था वा बिजुली नि:शुल्क दिनुपर्ने, समयमा मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्नेलगायतका माग राख्दै जनमत पार्टीले मधेशकेन्द्रित आन्दोलन गरिरहेको छ ।



