रंजन भण्डारी, जलेश्वर, २४ मंसिर । महोत्तरी सदरमुकाम जलेश्वर ३ का राज कुमार मेस्तरको घरमा पालिएको बाख्रीले अचम्मको पाठो जन्माएकी छिन् ।
दुवै आँखा एकै ठाउँ भएको र मुख पनि माथी तिर भएको सो पाठो बुधवार अपराह्न जन्मेको हो ।
६ महिना पुरै गर्भमा रही जन्मेको सो पाठोलाई हेर्न स्थानीयहरुको भिड लागेको छ । बाख्रीले पहिले पनि एउटा पाठी जन्माएकोमा सो १ महिना पछि मरेको र दोस्रो पटक जन्माउँदा यस्तो जन्मेकोमा सवै अचम्भित भएका छन् ।



