हुलाकी न्यूज, काठमाडौं, २४ मंसिर । अमेरिकामा बसोबास गरिरहेका मधेशीहरुले मधेश आन्दोलनको १२५ औं दिनमा साईकल र्याली निकाल्ने भएका छन् । आउँदो १३ डिसेम्बरका दिन अमेरिकामा बसोबास गरिरहेका मधेशीहरुको संस्था एन्टाले र्यालीको आयोजना गर्न लागेको हो ।

अमेरिकाको न्यूयोर्क सिटीमा आउँदो आईतबार र्याली आयोजना गरिने आयोजकले जनाएको छ । आन्दोलनले सय दिन पुरा गरिसक्दा पनि माग सम्बोधनका लागि सरकारले कुनै प्रयास नगरेको अवस्थामा आन्दोलनकारीलाई नैतिक समर्थन दिन र उनीहरुको हौसला कायम राख्न र्याली आयोजना गर्न लागिएको आयोजकले बताएका छन् ।

जुलुसमा मधेशी मानवअधिकारकर्मीहरुको पनि सहभागिता रहने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.