हुलाकी न्यूज, जनकपुरधाम । प्रदेश २ को नामकरणका लागि ‘जनक प्रदेश’ दर्ता गराएको नेकपा एमालेले शुक्रबारको बैठकमा ‘जानकी’ मा समर्थन जनाएको छ ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा नेकपा एमालेकी सांसद शारदा देवी थापाले जानकी प्रदेशमै आफूहरूको पनि समर्थन रहेको बताइन् ।

पार्टी विभाजनअघि नेकपा एमालेको तर्फबाट प्रमोद कुमार यादवले ‘जानकी’ र शारदा देवी थापाले ‘जनक’ नाम दर्ता गराएका थिए ।

सांसद थापाले नेकपा एमालेले पनि जानकी प्रदेशमै समर्थन जनाउने बताइन् । उनले जानकी प्रदेशभन्दा उचित कुनै अर्को नाम नहुनेसमेत दाबी गरिन् ।

उनले भनिन्, ‘सुरुमा हामीले जानकी प्रदेश नै दर्ता गराएका थियौँ पछि नेकपा एकीकृत समाजवादीले जानकीमै अडेर बस्नुभयो, हामी जनक प्रदेश दर्ता गरायौँ । नेकपा एमाले पनि जानकी प्रदेशलाई नै समर्थन गर्छ ।’

थापाले जनककै नाममा जनकपुर नाम पर्न गएकाले जनकनन्दनी जानकीको नाममा प्रदेशको नाम हुँदा आफूहरूका लागि त्योभन्दा बढी सौभाग्यको कुरा केही नहुने बताइन् ।

अन्तर्राष्ट्रियस्तरमा पनि चिनिने सबैभन्दा ठूलो संरचना माता जानकीकै मन्दिर रहेको र पर्यटकहरू पनि यसैका लागि यहाँ आउने गरेकाले जानकी प्रदेश उचिन नाम हुने उनले दाबी गरिन् ।
​उनले भनिन्, ‘सुरुमा हामीले जानकी प्रदेश नै दर्ता गराएका थियौँ पछि नेकपा एकीकृत समाजवादीले जानकीमै अडेर बस्नुभयो, हामी जनक प्रदेश दर्ता गरायौँ । नेकपा एमाले पनि जानकी प्रदेशलाई नै समर्थन गर्छ ।’

थापाले जनककै नाममा जनकपुर नाम पर्न गएकाले जनकनन्दनी जानकीको नाममा प्रदेशको नाम हुँदा आफूहरूका लागि त्योभन्दा बढी सौभाग्यको कुरा केही नहुने बताइन् ।

अन्तर्राष्ट्रियस्तरमा पनि चिनिने सबैभन्दा ठूलो संरचना माता जानकीकै मन्दिर रहेको र पर्यटकहरू पनि यसैका लागि यहाँ आउने गरेकाले जानकी प्रदेश उचिन नाम हुने उनले दाबी गरिन् ।
प्रदेशसभा सदस्य थापाले मुख्यमन्त्री राउतले समेत प्रदेशमा छोरीका लागि विभिन्न अभियान सञ्चालन गरेको तथा यो प्रदेश महिलामैत्री प्रदेश हुनुपर्छ भन्दै तिनीहरूको अधिकारका कुरा गर्ने गरेकाले पनि जानकी नाम सबैभन्दा बढी उचित हुने बताइन् । जानकी नाम नारीमैत्री रहेको उनले बताइन् ।

उनले भनिन्,‘प्रदेशको नाम र राजधानी हामीले पास गर्न सकेनौं भने हाम्रो दुर्भाग्य हुन्छ । हामीले प्रदेशको स्थायी राजधानी र नाम दिन सकेनौं भने हामीले पाएको पदीय मर्यादा पनि उचित हुने छैन् । जनतालाई हामी के जवाफ दिन्छौँ ? त्यसकारण नाम र राजधानी पास गर्नु पर्दछ ।’

उनले जानकी प्रदेशभन्दा उचित नाम अन्य हुन नसक्ने दाबी गरिन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.