सिरहा : सिरहाको औरहीमा किसान उपर हुँदै आएको अन्यायको विरुद्धमा जनमत पार्टीले आइतबार ( पुस ११ गते ) सिरहा जिल्लामा आमहडतालको घोषणा गरेका छन। पक्राउ गरिएका किसानहरु अविलम्ब रिहाई , मुद्दा फिर्ता , किसानहरुलाई आवश्यक मलखाद्य र बिजको सुनिश्चितता , हावाहुरीका कारण किसानले बेहोरेको क्षतिको राहत अबिलम्ब ब्यबस्था हुनुपर्ने र बाली नालिको उचित बजार मुल्य कायम हुनुपर्ने माग सहित आइतबार सिरहा जिल्ला आमहडताल घोषणा गरिएको आन्दोलन समिति सिरहाको संयोजक पवन यादवले जानकारी दिए। त्यसतै आज सिरहा जिल्लाको विभिन्न ठाउँमा मशाल जुलुस प्रदर्शन समेत हुने जनाइएको छ।आमहडतालमा अतिआवश्यक गाडी ( एम्बुलेन्स , औषधिको गाडी , बारुण नियन्त्रक दमकल ) बाहेक अन्य कुनै सवारी साधन र कार्यालय नचल्ने जनाइएको छ।

सिरहाको औरही गाउँपालिकामा पुर्न अनुदानमा आएको गहुँको बिउ वितरणमा धाधली गरेको , वास्तविक किसानलाई वितरण नगरेको , घण्टौ लाईनमा बसाई रितो हात फर्काउने गरेको भएपछि किसानहरु आफैले गहुँको बीउ गोदामबाट लगेका थिए । त्यसपछि पालिकाले लुटेको आरोपमा स्थानीय मिथिलेश यादव सहित चार जना माथी मुदा लगाइ मिथलेश यादवलाई पक्राउ गरेको र अरुलाई पनि प्रहरी पक्राउ गर्न गाउँ पसेको भन्दै जनमत पार्टीले हिजो औरही गाउँपालिका कार्यालयमा ताला लगाएका छन। भने बिहिवार बेलुका पुर्व पश्चिम् राजमार्ग अन्तरगत कसहा बजारमा करिब २ घण्टा किसानहरुको आन्दोलनमा एक्यवद्धता जनाउदै राजमार्ग अबरुद्ध गरेका थिए ।
तीन दिन अगाडी गाउँ पालिकाले भण्डारणगरी राखेको एक सय बोरा गहुँको बीउ किसानले लगेका थिए । गाउँ पालिकाले बीउ लुटेको आरोपमा कडहरबाका यादवलाई प्रहरीले पक्राउ गरी लगेको स्थानीय युवा दिपेन्द्र यादवले जानकारी दिए ।
यादवले पक्राउ परेका किसानलाई तत्काल रिहा नगरे अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । उनी जनमत पार्टीका स्थानीय नेता हुन् ।
तालाबन्दि पछि किसान तथा युवाहरुको समूह थप विउ मलको माग र पक्राउ परेकालाई रिहाईको माग गर्दै गाउँमा नारा जुलुस लगाएको बताए ।




