सिरहा, ९ पुस । किसानको रिहाई माग राख्दै जनमत पार्टीले आज शुक्रबार पुर्ब – पश्चिम राजमार्ग घण्टौ अबरुद्ध गरेका छन।करिब ४ बजे बन्द भएको राजमार्ग २ घन्टा पछि खुलेको थियो । राजमार्ग अबरुद्ध भएपछी खुलाउन आएका स्थानीय प्रहरीले एकासी दमन गर्न खोजेपछि आन्दोलनकारीहरुले प्रहरीलाई लखेटेर प्रहरी चौकी भित्र पठाएको थियो । त्यसतै किसानहरुको रिहाईको माग गर्दै जनमत पार्टीले औरही गाउँपालिकामा तालाबन्दी समेत गरेको छ। गहुँ बीउ लुटेको आरोपमा स्थानीय मिथिलेश यादवलाई प्रहरीले पक्राउ गरेको र अरुलाई पनि प्रहरी पक्राउ गर्न गाउँ पसेको भन्दै किसानहरुले गाउँ पालिका कार्यालयमा ताला लगाएका हुन् ।
तीन दिन अगाडी गाउँ पालिकाले भण्डारणगरी राखेको एक सय बोरा गहुँको बीउ किसानले लगेका थिए । गाउँ पालिकाले बीउ लुटेको आरोपमा कडहरबाका यादवलाई प्रहरीले पक्राउ गरी लगेको स्थानीय युवा दिपेन्द्र यादवले जानकारी दिए ।
यादवले पक्राउ परेका किसानलाई तत्काल रिहा नगरे अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । उनी जनमत पार्टीका स्थानीय नेता हुन् ।
तालाबन्दि पछि किसान तथा युवाहरुको समूह थप विउ मलको माग र पक्राउ परेकालाई रिहाईको माग गर्दै गाउँमा नारा जुलुस लगाएको बताए ।



