हुलाकी न्यूज,जनकपुरधाम। नेपाली कांग्रेसको प्रदेश २ नेतृत्व चयनका लागि भएको चुनावमा सभापतिमा शेरबहादुर देउवा पक्षका कृष्ण यादव विजयी भएका हुन् ।

कृष्ण पार्टी रौतहटका सभापति हुन् भने रामसरोज काँग्रेस प्रदेश २ संसदीय दलका नेता तथा भोतिक पूर्वाधार विकास मन्त्री समेत हुन् ।
रामसरोजलाई शेखर कोइराला, रामचन्द्र पौडेल पक्षको पनि समर्थन थियो भने कृष्ण यादवको मात्र देउवाको सहयोग थियो ।

उनी १४१ भोटले विमलेन्द्र निधि पक्षका सभापतिका उम्मेदवार रामसरोजय यादवलाई पराजित गर्दै विजयी भएका छन् । कृष्ण ९ सय ९६ मत पाउँदा रामसरोजले मात्र ८५५ मत पाएका छन् ।
३० मत बदर भएको छ । मत परिणामको औपचारिक घोषणा हुन बाँकी छ ।

६७ पदका लागि बिहीबार बिहान ९ बजेदेखि राति ८ बजेसम्म मतदान चलेको थियो ।

जम्मा १९ सय ५१ मतदाता रहेकोमा १८सय ८१ मत खसेको थियो ।

राति ११ बजेबाट मतगणना सुरु भएको थियो । शुक्रबार बिहानै सभापतिको नतिजा सार्वजनिक भइसकेको छ । यही सँगै उपसभापतिको मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.