दिल्ली भ्रमणमा गएका मधेशी मोर्चाका अध्यक्षहरु माध्येका तीन जना बुधाबर काठमाडौं फर्किदैछन् । उनीहरु विभिन्न राजनीतिक एवं प्रशासनिक क्षेत्रका व्यक्तिहरुसँग भेटघाट गरका छन् । मोर्चाका नेताहरुको दिल्ली भ्रमण बारे विभिन्न पक्षको धारणा फरक फरक आउँदैछ । यसबारे मधेशी जनताले के भन्दैछ त ? धनुषाको महेन्द्र नगरबाट हुलाकी न्यूजकर्मी अमरेन्द्र कुमार यादवले सर्वसाधारण जनतासँग कुराकानी गरेका छन् ।

ramnaresh tiwari

रामनरेश तिवारी– कर्मचारी

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेतानहरुको भारत भ्रमणलाई सकारात्मक रुपमा लिएको छु । किनभने नेपाल र भारतको सदियौदेखि बेटीरोटीको सम्बन्ध छ । नेपालको जनतालाई केही भयो भने भारतको जनतालाई चित्त दुख्छ र भारतको जन्तालाई केही भयो भने नेपाली जनताको चित्त दुख्छ ।

नेपालको नयाँ संविधान जुन जारी भएको छ, त्यसमा नेपाली जनता र मधेश मुलको व्यक्तिहरु आफ्नो भविष्य सुनिश्चित हुन्छ भने आशा राखेका थिए, तर त्यसमा मधेश र मधेशीको कुनै पनि अधिकार सुनिश्चित गरिएको देखिएन र यो भन्दाअगाडि अर्थात अन्तरिम संविधानमा जति अधिकार दिएको थियो त्यो अधिकार पनि खसबादीहरुद्वारा खोसिएको छ ।

त्यही भएर अहिलेको परस्थिितिमा भारत जानु अतिआवश्यक देखियो यो छलफल नर्गु एकदमै ठिक हो । एउटा भनाई छ कि आफ्नो दाजु भाईबीच झैझग्डा हुन्छ र आफैमा समाधान नभए भने त्यस्तो अवस्थामा पडोसीको सहयोग र बिचार लिनुपर्छ ।

baidhnath jha

बैधनाथ झा– बुद्धिजिवि

मेरो बिचारमा एउटा ठूलो र छिमेक देश भारतको जोसँग हाम्रो बेटीरोटीको सम्बन्ध छ । त्यसैले मोर्चा आबद्ध नेताहरु आफै होईन भारको निम्तोमा उनीहरु गएको छ यसलाई हामी र हामी सम्पूर्ण मधेशीलगायत नेपाली दाजुभाईलाई सकारात्मक लिनुपर्छ । र, हाल नेपालमा जुन संबिधान जारी पछिको समस्या देखिएको छ त्यसमा भारतको सल्लाह लिनु एकदम आबश्यक हो । यसले मधेश, मधेशी र नेपालीबीचको सदभावलाई दिशा दिन्छ । र, भन्नु पर्यो भने हाम्रा सरकार अहिले भनिरहेको छ कि भारतले नाकाबन्दी गरेको यो एकदमै गलत कुरा हो । यो नाकाबन्दीलगायतका जुन आन्दोलन भईरहेको छ यो भारतले होईन मधेशीले आफ्नो हकहीत र स्वभिमानको लागि गरिरहेको छ । यसमा भारतको कुनै सहयोग कतै देखिदैन् ।

ramashish yadav

राम अषिश यादव– स्वास्थ्यकर्मी

हालमा नेपालमा मधेशी जो नेपालकै जनता हो, उनीहरुमाथि जो दमन भईरहेको छ त्यसालाई रोक्न कुनै उपाय अपनाउनु पर्छ । त्यसैले हाम्रो मुलकमा एउटा भनाई छ कि आफ्नो समस्या जब आफूसँग समाधान भएन भने अवश्य नै पडोसी या असल मित्रको सहयोग लिनुपर्छ ।
त्यस्तै भारत हाम्रो पडोसी र असल मित्रको रुपमा रहेको हुनाले हाम्रो समस्या जब हाम्रा सरकारले समाधान गर्न सकेन भने अवश्य नै भारतको सहयोग लिनुपर्छ । जब सहयोग लिन्छु तब भन्छ कि भारतले यो गरेको त्यो गरेको छ । होईन यो एकदम गलत कुरा हो यो आन्दोलन अरु कसैले होईन मात्र मधेशी जनता गरेका हुन भने म भन्न चाहन्छु ।

ram kripal jaiswal

राम कृपाल जयसवाल– व्यापारी

मोर्चाका नेताहरु भारत जानु स्वभाविक हो । जबकी हामी मधेशी मुलका जनतामाथि उत्तरपन्थि अर्थात नेपाल सरकार वा खसबादी सरकारले जो दमन गरिहेको छ । त्यो दमनका बिरुद्ध हामी लडछौ । लडेपछि सरकारले हामीलाई अधिकार नदिई हामीलाई अधिकारको सट्टा ताकी ताकी छाती र टाउकोमा गोली हान्छ्न त्यही भएर अब यो समस्या यो खसबादी सरकारले समाधान गर्न सकदैन । त्यसकारण र भारतको सल्लाह लिनु आबश्क हो । र, जारी तीन महिनाभन्दा बढिको यो आन्दोलनको माग तीन महिनापछि समाधान गर्ने भन्छन् । यीनीहरुमाथि हाम्रो विश्वास छैन । हामी आफनो अधिकार उधारी होईन नगद रुपमा लिने गर्छौ र अन्तमा म के भन्न चाहन्छु कि यो आन्दोलन अरुको सहयोगमा होईन मधेशी जनताले आफनो बलमा गरेको हो ।

shashi bhusan gupta

शशी गुप्ता–शिक्षक

मेरो विचारमा यो मोर्चाको नेता भारत गएको ठिक र बेठिक दुबै रहेको छ । किनभने आफ्नो घरमा झग्डा भए आफै समाधान गर्नुपर्छ तर यो मोर्चा आबद्ध नेताले त्यसो गरेन यो मलाई बेठिक लाग्यो । र, अर्को जबकी आफनो घरको समस्या आफूले समाधान गर्न नसके अरु छिमेकको सहयोग लिनुपर्छ यो पक्ष मलाई ठिक लाग्यो । एउटा दोस्ती, बेटीरोटी, र नातेदारको हिसाबले सल्लाह लिनु एकदमै ठिक हो र सल्लाह जोसुकैबाट पनि लिन सकिन्छ त्यसको लागि नेपाल सरकारले अन्यथा लिनु अनाबश्यक हो ।

ram shrestha nayak

राम श्रेष्ठ नायक– सर्बसाधारण

यो कुरा आजको होईन धेरै पहिले देखिको कुरा हो, कि जब राणा शासन थियो त्यो बेला पनि भारतमै गएर समस्या समाधान भयो, त्यपछि प्रजातन्त्र आयो । अनि जब राजा महेन्द्रले बहुदलीय व्यवस्थालाई हटाएर पञ्चायती व्यवस्था लागु गर्यो, त्यसपछि जनतालाई राजाको चंगुरबाट पनि बचाउन भारतले नै सहयोग गरेको थियो ।

र, आज देखिन्छ बेला बेलामा भारतले नै समस्या समाधान गरेको छ र अहिले पनि मलाई लाग्छ कि नेपाल सरकोरले जुन मधेशी निहत्था जनतामाथि दमन गरिरहेको छ यो समस्यालाई पनि भारतले नै समाधान गर्छ । त्यसैले भारतको सल्लाह र सहयोग लिनु अतिआवश्यक हो । मलाई लाग्छ फेरी पनि यी खसबादीको चंगुलबाट पनि भारतले नै उद्धार गर्छ । एउटा भर्खरैको उदाहारण पनि हो जब कि १२ गते बिनाशकारी भूकम्ममा पनि भारतले नेपाली जनतालाई उतिनै सहयोग गरेको थियो ।

manoj sah

मनोज साह–सर्बसाधारण

मोर्चाका नेताहरु भारत जानु आवश्यक हो । र मधेशी जनतालाई भारतको सहयोग अवश्य नै लिनुपर्छ । जबकी हाम्रो आफ्नो घरको समस्या आफनो अभिवाभवकले समाधान गर्न सकेन भने छिमेकीको सहयो लिनु पर्छ । त्यसैले पडोसी र साक्षीको रुपमा भारतको सल्लाह लिनु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.