हुलाकी न्युज, रुपन्देही। पवित्र तिर्थस्थल एवं अन्तरास्ट्रिय पर्यटकीय स्थल – लुम्बिनीको मुटुमा रहेको मायादेवी मन्दिर नजिकै एक युवतीको शव भेटिएको छ।
मंगलवार सांझ ५ बजेतिर स्थानियले बाख्रा चराउने क्रममा मायादेवी मन्दिर पछाडी झाडीमा अन्दाजी २० बर्षीय मधेसी मूलकि युवतीको शव फेला परेको हो।
शव भेटिएपछि इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
घटना संवेदनशील भएकोले रुपन्देही जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेल स्वयम् घटनास्थलमा पुगेका थिए।
पछिल्लो दुई बर्षमा सोहि क्षेत्रबाट दोस्रो पटक शव भेटिएको स्थानिय बिरेन्द्र मिश्रले जानकारी दिए । पवित्र मन्दिर नजिकै हत्याका घटना हुनु अत्यन्त बिडम्बनापूर्ण रहेको र लुम्बिनी क्षेत्रमा ६ किसिमका सुरक्षा निकाय हुँदा समेत यस किसिमका घटना हुनुले सुरक्षा निकायमाथि प्रश्नचिन्ह खडा भएको उनले बताए।
लुम्बिनी संस्कृतिक नगरपालिका -३ का वडा अध्यक्ष अकरामुद्दीन नाऊ मुसलमानका अनुसार वडाको तर्फबाट लुम्बिनी विकास कोष लाइ पटक-पटक सो क्षेत्रको झाडी सफा गर्न ताकेदा गरे पनि बेवास्ता गरिएको बताए।
यस सम्बन्धमा कोषका सदस्य सचिव सानुराजा शक्यसंग सम्पर्क हुँदा मायादेवी मन्दिर वरिपरि पुरातात्विक क्षेत्र भएकोले मापदण्ड पुर्याई छिट्टै झाडी सरसफाई गरिने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.