हुलाकी न्यूज, काठमाडौं २३ मंसिर । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका पाँच जना आन्दोलनकारीलाई पक्राउ गरी सार्वजनिक मुद्दा लगाएको संघीय समाजवादी फोरम नेपालले जनाएको छ ।

नेपालगञ्जको जमुनहा भन्सार क्षेत्रमा आन्दोलनमा सहभागिताका लागि प्रचार प्रसार गरिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको थियो ।

मुद्दा चलायएकाहरुमा बाँकेको मनिकापुर २, बस्ने राकेश लोनिया, सुवास लोनिया, लायकराम लोनिया, जगतराम लोनिया र बाबादिन लोनियालाई सार्वजनिक मुद्दा लगाइएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेले हिरासतमा राखेको छ ।

हिरासतमा राखिएका मध्ये बाबादिन लोनियालाई प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा लगाएको छ । आन्दोलनमा सक्रिय ती पाँचै जनालाई झूठा मुद्दा लगाएर प्रहरीले फसाउन खोजेको फोरम नेपालले दाबी गरेको छ ।

नेपालगञ्जको जमुनहा भन्सार नाकामा व्यापक सहभागिताका लागि स्थानीय स्तरमा प्रचारप्रसार गरिरहेको बेला आफ्ना कार्यकर्ताहरुलाई प्रहरीले झूठा मुद्दा लगाएर पक्राउ गरेको संघीय समाजवादी फोरम नेपाल बाँकेका अध्यक्ष कमरुद्दीन राईले दाबी गरेका छन् ।

‘आन्दोलनमा जनसहभागिताका लागि पाँचै जना गाउँमा प्रचार गरिरहेको बेला उनीहरुलाई प्रहरीले पक्राउ ग¥यो’– फोरम नेपालका बाँके अध्यक्ष राईले भने । नेता तथा कार्यकर्तालाई प्रहरीले झूठा मुद्दा लगाएर आन्दोलन कमजोर बनाउन खोजेको अध्यक्ष राईले आरोप लगाएका छन् । उनले भने, ‘कांग्रेस र एमाले नेताहरुको निर्देशनमा हाम्रो कार्यकर्ताहरुलाई प्रहरीले झूठा मुद्दा लगाएर फसाएको छ ।’

पक्राउ गरिएका पाँचै जना गत महिना मात्रै नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरी फोरम नेपालमा प्रवेश गरेका थिए । प्रहरीले पक्राउ गरेको पाँचै जना लगाइएको झूठा मुद्दा खारेज गरी तुरुन्त रिहा गर्न संघीय समाजवादी फोरम नेपालले जोडदार माग गरेको छ ।
फाईल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.