हुलाकी न्यूज, जनकपुरधाम । एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व रहेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । मंगलबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा सुरु भएको भन्दै यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका हुन्।

देश विकासका लागि सरकारले नै एमसीसीको प्रस्ताव अघि बढाएको भन्दै उनले एमसीसी पूर्ववर्ती सरकारहरुको पालोमै अगाडि बढेको र नेपालको विकासका लागि सरकारले नै एमसीसीको प्रस्तावलाई अगाडि बढाएको उनले भने ।

गृहमन्त्री खाँणले एमसीसी परियोजना ऋणमा नभई निशर्त अनुदान भएको स्पष्ट पारे। सरकारले नेपालको विद्युतीकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसीसी परियोजना आएको उनको भनाइ छ।

एमसीसी संसदबाट पारित गर्ने सम्बन्धमा राजनीतिक दलहरुबीच छलफल चलिरहेको उल्लेख गर्दै उनले छलफलबाट निष्कर्ष निस्किने र अगाडि बढ्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.