हुलाकी न्यूज, वीरगंज २३ मसिर । अस्पतालमा तोडफोड गरेको आरोपमा पक्राउ परेका तीन जना आन्दोलनकारीहरुले प्रहरी हिरासत मै आमरण अनसन सुरु गरेका छन् ।

नारायणी उपक्षेत्रीय अस्पताल बीरगंजमा अवैधानिक तरिकाले कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाएको भन्दै आन्दोलनकारीहरुले विरोध गर्दै आएका थिए । सोही क्रममा अस्पताल पुगेका बेला प्रहरीले ती युवाहरुलाई पक्राउ गरेको थियो ।

आफूहरुमाथि झुठा आरोप लगाएर पक्राउ गरी मुद्दा चलाएको विरोधमा युवा नेताहरु हिरासतभित्रै आमरण अनसन बसेका हुन् ।

आमरण अनसन बस्नेहरुमा संघीय समावेशी मधेशी युवा गठबन्धनका संयोजक ईश्वर यादव, अनिल गुप्ता र निशान्त मिश्र रहेको बीरगंजको स्थानीय पत्रकार यात्रा डेलीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.