हुलाकी न्यूज, बाँके २३ मंसिर ।
चिसोका कारण विरामीको चाप बढेको छ, गाउँघरको स्वास्थ्यचौकीमा । तर स्वस्थ्यकर्मी छैनन्, गाउँलेहरुले उपचार पाएका छैनन् ।

बाँके जिल्लाको बतहानी गाविसमा रहेको बेतहानी स्वास्थ्य चौकीमा डाक्टर कार्यालय समयमा नहुँदा गाउँलेहरुले उपचार पाउँन सकेका छैनन् ।

चिसोयामसंगै विरामीहरुको अत्याधिक चाप बढिरहेका वेला स्वास्थ्यकर्मी नहुँदा गाउँलेहरु घण्टौको पैदल यात्रा गरेर सदरमुकाम नेपालगञ्ज तथा भारतको जमुनहा जान वाध्य भएका छन् ।

स्वास्थय चौकीमा कार्यरत डाक्टर तरुण गौतम चौकीमा हाजरी गर्नका लागि मात्र कार्यालय आउने गरेको स्थानीयहरुले गुनासो गरेका छन् ।

थर्ड एलायन्स उपक्षेत्रीय कार्यालयका संयोजक आलम खान कार्यालयमा पुग्दा स्वास्थय चौकीमा ताल्चा झुण्डीएको पाइएको बताए ।

चौकीमा अनमीसमेत रहेका छन् तर कहीले काही मात्र चौकी खुल्ने गरेको स्थानीयहरुले गुनासो गरे ।

Health post bethani3

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.