जनकपुरधामः
जनमत पार्टीले ‘बुथ–बुथ मजबुत’ अभियान चलाउने भएको छ। पार्टीलाई बुथ स्तरबाटै मजबुत बनाउन उक्त अभियान चलाउन लागिएको पार्टीले जनाएको छ।

मंगलबारबाट धनुषा जिल्लाको ढल्केबरमा जारी जनमत पार्टीको विस्तारित बैठकमा ‘बुथ–बुथ मजबुत’ अभियान चलाउन लागिएको पार्टी अध्यक्ष डा.सीके राउतले जनाए। उक्त अभियानको नारा आफ्नो बुथ सबभन्दा मजबुत रहेको छ भने लोगोमा सिंहको चित्र प्रयोग गरिएको छ।

पछिल्लो तीन महिना चलाइएको कभरेज अभियानको सफलता पछि जनमत पार्टीले अब तराई–मधेशका २५ सयभन्दा बढी वडा स्तरमा ‘बुथ–बुथ मजबुत’ अभियान चलाउन लागेको हो। उक्त अभियान अन्तरगत केन्द्रीय नेताहरुलाई वडा स्तरमा खटाइने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.