हुलाकी न्यूज, जनकपुरधाम । काठमाडौंको गौशाला शिव दर्शन पार्टी प्यालेसमा जनमत पार्टी काठमाडौं उपत्यका समिति र विधार्थी जनमत संघको आयोजनामा प्रमुख अतिथि जनमत पार्टी राष्ट्रिय उपाध्यक्ष अब्दुल खान , विशिष्ट अतिथिमा जनमत पार्टी राष्ट्रिय उपाध्यक्ष तथा अनुसासन विभाग प्रमुख ई. दिपक साहले उपत्यका समन्वय समिति काठमाडौंको महिला उपाध्यक्ष रानि देवको अध्यक्षतामा “भ्रष्टाचार र मधेश को समस्या तथा समाधान” विषयमा बृहत कार्यक्रम भव्यताका साथ सम्पन्न गरेका छन् ।
यही सँगै विभिन्न पार्टी परित्याग गरि मजदुर, व्यापारि, विधार्थी र कर्मचारीहरुले लगायतका संयौको सङ्ख्यामा जनमत पार्टीमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गरेका व्यक्तिहरुको नाम दिपेन्द्र यादव,मो.कमरुदिन, हरि ठाकुर,सुजित पंडित,मुकेश दास,मो.अजरुदिन,महेन्द्र यादव,तिर्थ नारायण शाह लगायतका इत्या आदि नामहरू रहेको छ ।
कार्यक्रममा वक्ताहरुको रूपमा जनमत पार्टी केन्द्रीय सदस्य राजेन्द्र राय,जनमत पार्टी केन्द्रीय सदस्य ललित मलिक सानु
विधार्थी जनमत संघ पुर्व केन्द्रिय सदस्य नवरतन साह लागत युवाहरुको सहभागिता रहेको थियो ।







