भैरहवा – जनमत पार्टीका अध्यक्ष डा.सिके राउत  जनमत माटो यात्राको क्रममा आज नवलपरासीको सुस्ता  गाउँपालिकाको जाने भएको छ। जनमत माटो यात्राको दौरान डा.राउत हरेक स्थानीय तहमा गएर माटो संकलन गरिरहेको छ, त्यसै क्रममा डा. सीके राउत आज नवलपरासीको सुस्ता र प्रतापपुर बाट माटो संकलन गर्ने कार्यक्रम रहेको नेता बिजी चौधरीले बताउनु भएको छ। आजको कार्यक्रम पश्चात् डा. राउत पार्टीको केन्द्रिय बिस्तारीत बैठकका लागि जनकपुर जाने भएको छ।

हिजो शुक्रबार  डा. राउत रुपन्देहीको बुटवल स्थित मणिमुकुन्द सेन राजाको भगनावशेष बाट माटो संकलन गरिएको थियो। विश्व शान्तिका प्रतिक भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी स्थित मायादेबी  मन्दिरबाट माटो संकलन गर्दै मंसिर १० गते डा.राउतले यात्राको थालनी गरेका थिए ।
पुर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मको यात्रामा उनले हरेक स्थानिय निकायको केन्द्रमा पुगि त्यहांको माटो संकलन गर्नेछन् ।जनमत माटो यात्राबाट हरेक स्थानियनिकायको केन्द्रमा पुगेर त्यहाको माटो संकलन गर्ने र संकलन गरिएको माटाले ‘मधेस एकता उद्दान’ निमार्ण गर्ने लक्ष्य रहेको केन्द्रिय उपमहासचिव ईन्द्रजित यादवले  बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.