हूलाकी न्यूज,

वीरगंज, २२ मंसिर ।

जारी मधेश आन्दोलन र नाकाबन्दीलाई कमजोर पार्न पर्सा जिल्लाको ग्रामिण भेगमा भईरहेको डिजल, पेट्रोल तथा ग्याँसको तस्करीलाई नियन्त्रण गर्न संघीय समावेसी मधेशी गठबन्धन पर्साले आज भेलाही प्रसौनी नाकामा पर्ने गाँउका भरभलादमी, मुखिया एवं स्थानिय प्रशासन प्रमुखहरुसंग छलफल गरेको छ ।

मधेशी जनताको अधिकार प्राप्तिको लागि भईरहेको मधेश आन्दोलनलाई कमजोर बनाउने कार्य मधेशीहरुबाटै हुनु चिन्ताजनक रहेकोले नाकाबन्दीबाट सामान नजाने तर तस्करी माध्यमबाट समाजका केही गलत तत्वहरुले पेट्रोज, डिजल र ग्याँस भारतको नाकाबाट मधेशको गाँउ हुदैं पहाडसम्म पुर्याउने कार्यलाई तत्काल रोक्न गठबन्धनका नेताहरु प्रसौनी, मुसहरवा, हाँसवा लगायतका क्षेत्र भ्रमण गरी मधेशी जनताहरुलाई सचेतना गराएका थिए ।

गाँउ जागरण पश्चात प्रसौनी नजिक भेलाही जम्मा भएका स्थानियहरु बिच गठबन्धनमा आवद्ध नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शिव पटेलले आन्दोलन उत्कर्षमा पुग्ने बेलामा स्थानिय स्तरमा भईरहेको तस्करीले मधेश आन्दोलनलाई कमजोर र पहाडी शाषकलाई मजबुज बनाईरहेको चर्चा गरे । तस्करी कार्यलाई रोकेर आन्दोलनमा होमिन उपस्थित जन समुदायसंग आग्रह गरेका थिए ।

भेलामा सहभागि भारतीय पक्षहरुको तर्फबाट भेलाही पंचायतका मुखिया भुवन पटेलले तस्करी नियन्त्रण गर्न हामी आफनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । स्थानिय भरभलादमीको उपस्थितीमा सम्पन्न सो छलफल तथा भेलामा गठबन्धनसंग आवद्ध राष्ट्रिय मधेश समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेल, नेकपा माओवादी पर्साका संयोजक छोटेलाल यादव, भेडिहरवाका मुखिया अनिल यादव, स्थानिय थाना र एसएसवी क्याम्पका प्रतिनिधी एवं पत्रकार स्थानिय समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.