हुलाकी न्यूज, जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिका ७ निवासी विन्देश्वर खत्वेको श्रीमति ६० वर्षिया जगतारण देवीको उनकै कान्छा छोरा उमेश खत्वेका श्रीमती ३७ वर्षिया तेतरी देवी खत्वेले कुटेपछि मृत्यु भएको हो ।

सासु र बुहारीबीच कुटाकुट र झगडा हुँदा बुहारीले सासुलाई कुटपिट गरेकी छन् । कुटपिटबाट शरीरको विभिन्न भागमा चोट लागेको र लौरोले टाउकोमा समेत चोट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका कार्यालय प्रमुख एसपी दिनेश आचार्यले घटना वारे विहिवार बिहान ३ः३० बजे खबर आएकोमा सोहि बेला प्रहरी पुगि बुहारीलाई नियन्त्रणमा लिएको बताए ।

उनले मृत्युको यकिन कारण अहिले खुलिनसकेकोमा पोष्टमार्टम रिपोर्ट आएपछिमात्र केहि भन्न सकिने बताएका छन् भने यता शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.