भैरहवा – जनमत पार्टीका अध्यक्ष डा.सिके राउत आज जनमत माटो यात्राको क्रममा रुपन्देहीको समरीमाई गाउँपालिकामा रहेको छ । समरीमाइ गाउँपालिकाको समरीमाइ मन्दिर बाट माटो लिनु भएको छ।
रुपन्देही जिल्लामा जनमत पार्टीको संगठन मजबुत भएको देखेर केही ठेकदार नेताहरुले आफ्ना कार्यकर्ता लाई झुठा मुद्दामा फसाउने , गलत भ्रम फैलाउने काम गरिरहेकोले उनीहरुलाइ चुनौती स्वरुप जनमत पार्टीका नेता भोपेन्द्र यादवले कायर जस्तो छुपेर होईन , हिम्मत भए आमनेसामुने आउन चुनौती नै दिएका छन् । बिद्यालय व्यवस्थापन समितिको चुनाबमा धेरै ठाँउमा जनमतका प्यानललाई भारी बहुमतले बिजय बनाएकोमा धन्यवाद दिदै नेता भोपेन्द्र यादवले आउने चुनाबमा जनमतको लाउड्स्पिकर छापमा मतदान गरि एक क्षत्र रुपमा जनमतको सरकार बनाउन आग्रह गरे । तपाईं जनमतको सरकार बनाउनुस , हामी जनता राज बनाउछौ नेता यादवले भन्नुभयो ।
हिजो बुधबार डा. राउत मर्चवार गाउँपालिकाको धुल्लाम बाटो बाटै माटो संकलन गरिएको थियो। विश्व शान्तिका प्रतिक भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी स्थित मायादेबी मन्दिरबाट माटो संकलन गर्दै मंसिर १० गते डा.राउतले यात्राको थालनी गरेका थिए ।
पुर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मको यात्रामा उनले हरेक स्थानिय निकायको केन्द्रमा पुगि त्यहांको माटो संकलन गर्नेछन् ।जनमत माटो यात्राबाट हरेक स्थानियनिकायको केन्द्रमा पुगेर त्यहाको माटो संकलन गर्ने र संकलन गरिएको माटाले ‘मधेस एकता उद्दान’ निमार्ण गर्ने लक्ष्य रहेको केन्द्रिय उपमहासचिव ईन्द्रजित यादवले बताए ।



