हुलाकी न्यूज, जनकपुरधाम । विवाहपञ्चमीमा मौका छोपी लुटपाट र चोरी गर्ने अपराधीहरुलाई धनुषा प्रहरीले समातेका छन् ।
प्रहरीले भीड–भाडमा बगली मारेको आशंकामा ४७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका मध्ये २७ जना महिला रहेका छन ।
अधिकांश बगलीमारा भारतीय नागरिक रहेका छन् । सामान्य भेषभूषामा देखिने उनीहरुले भीड–भाड हुने स्थान जानकी मन्दिर, बारहबिघा मैदानबाट शंकाको आधारमा पक्राउ गरिएको हो ।
सीताराम विवाह महोत्सव पछि अनुसन्धान गरेर पक्राउ परेकाहरुलाई छाडिने जनाइएको छ ।
यस अवसरमा प्रत्येक वर्ष बगलीमाराहरुको पक्राउ पर्ने गरेका छन् ।



