हुलाकी न्यूज, टिकापुर २२ मंसिर । कैलालीको टिकापुरमा मंगलबारबाट सुरु भएको सुदुरपश्चिम महोत्सव थारुहरुले बहिस्कार गरेका छन् ।

आजको उद्घाटन सत्रको कार्यक्रमसहित कुनै पनि कार्यक्रममा थारुहरुको सहभागिता थिएन । जसकारण महोत्सव खल्लो देखिएको स्थानीय सञ्चारकर्मीहरुले बताएका छन् ।

उक्त महोत्सवको कुनै पनि कार्यक्रममा थारुहरु सहभागी नहुने थारुहट÷थारुवान संयुक्त संघर्ष समितिका पदाधिकारीहरुले हुलाकी न्यूजलाई बताएका छन् ।

थारुहरुले कैलाली महोत्सवको नाम परिवर्तन गरेर सुदुरपश्चिम महोत्सव राखी अखण्ड सुदुरपश्चिमको मुद्दलाई उठाउन खोजिएको आरोप पनि लगाएका छन् ।

थारुहरुले आफ्नो अधिकारको लडाई चलिरहेको अवस्थामा अर्को समुदायले खुशीयाली मनाउन महोत्सव राखेको ठानेका छन् ।

यसअघि सोमबार थारु सम्बन्ध विभिन्न संघ–संस्थाहरुले महोत्सव बहिस्कार गर्न प्रेस विज्ञप्ति जारी गरेको थियो ।

फाईल तस्बिर
Tharu-Press-Release

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.