भैरहवा – जनमत पार्टीका अध्यक्ष डा.सिके राउत  जनमत माटो यात्राको क्रममा आज रुपन्देहीको मर्चवार गाउँपालिकाको खाल्डैखाल्डो र घुल्लाम बाटो बाट माटो लिनु भएको छ। यात्राको दौरान डा. राउत मर्चवार पुग्दा  गाउँपालिकामा बाटोघाटोको दुर्दशा बारे स्थानीय बासीले गुनासो गरेपछी त्यही बाट माटो लिएको जनाइएको छ । स्थानीय सरकार गठन भएको पाँच बर्ष बितनैलाग्दा समेत पालिका भित्र बाटोको अवस्था यस्तो हुनुले नै यहाँका सरकारको चित्रण गरिरहेको छ। यहाँ ठेकेदार राजको अन्त गरि जनता राज ल्याएर समृद्धि ल्याउन अनुरोध गर्दै स्थानीय चुनावमा जनमत पार्टीको चुनाव चिन्ह लाउड्स्पिकरमा मतदान गर्न जनमत पार्टी मर्चवार गाउँपालिका अध्यक्ष राजु जैसवालले  स्थानीय संग अनुरोध गर्नुभयो ।

हिजो मंगलवार डा. राउत नवलपरासीको प्रतापपुर र सरावल गाउँपालिकामा रहेको ऐतिहासिक स्थलहरुबाट  माटो संकलन गरिएको थियो। विश्व शान्तिका प्रतिक भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी स्थित मायादेबी  मन्दिरबाट माटो संकलन गर्दै मंसिर १० गते डा.राउतले यात्राको थालनी गरेका थिए ।भोलि बिहिवार रुपन्देहीको समरीमाई गाउँपालिकामा जनमत माटो यात्रा रहनेछ।

पुर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मको यात्रामा उनले हरेक स्थानिय निकायको केन्द्रमा पुगि त्यहांको माटो संकलन गर्नेछन् ।जनमत माटो यात्राबाट हरेक स्थानियनिकायको केन्द्रमा पुगेर त्यहाको माटो संकलन गर्ने र संकलन गरिएको माटाले ‘मधेस एकता उद्दान’ निमार्ण गर्ने लक्ष्य रहेको केन्द्रिय उपमहासचिव ईन्द्रजित यादवले  बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.