भैरहवा – जनमत पार्टीका अध्यक्ष डा.सिके राउत आज जनमत माटो यात्राको क्रममा रुपन्देहीको कोटहीमाई र मर्चवार गाउँपालिकामा जाने भएको छ। कोटहीमाइ गाउँपालिकाको कोटहीमाइ मन्दिर र मर्चवार गापाको मर्चवारी थानबाट माटो लिने कार्यक्रम रहेको नेता रामकेश गुप्ताले बताउनुभयो ।
हिजो मंगलवार डा. राउत नवलपरासीको प्रतापपुर र सरावल गाउँपालिकामा रहेको ऐतिहासिक स्थलहरुबाट माटो संकलन गरिएको थियो। विश्व शान्तिका प्रतिक भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी स्थित मायादेबी मन्दिरबाट माटो संकलन गर्दै मंसिर १० गते डा.राउतले यात्राको थालनी गरेका थिए ।
पुर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मको यात्रामा उनले हरेक स्थानिय निकायको केन्द्रमा पुगि त्यहांको माटो संकलन गर्नेछन् ।जनमत माटो यात्राबाट हरेक स्थानियनिकायको केन्द्रमा पुगेर त्यहाको माटो संकलन गर्ने र संकलन गरिएको माटाले ‘मधेस एकता उद्दान’ निमार्ण गर्ने लक्ष्य रहेको केन्द्रिय उपमहासचिव ईन्द्रजित यादवले बताए ।



