हुलाकी न्यूज,जनकपुरधाम । कोरोना भाइरसको तेस्रो लहर फैलिन नदिने उदेश्यले विवाह पञ्चमीमा सहभागी हुन जनकपुरधाम आउने भारतीय श्रद्धालुलाई आज सशस्त्र प्रहरीले नि:शुल्क मास्क बितरण गरिरहेको छ ।
यस विवाह पञ्चमीका लागि आउने श्रद्धालुलाई आवश्यक सहयोग गर्न हेल्प डेस्क पनि राखिएको बिओपी नगराइनका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक संजय बरालले जानकारी दिएका हुन् ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नगराइनले करिब ४ हजार मास्क बितरण गरेका छन् ।



