हुलाकी न्यूज,                  

बिराटनगर, २२ मंसिर ।

सोमबार मोरंगमा सिडियो कार्यालय अगाडि विरोध जुलुस समापन गरियो । कडा कारवाही गर्न सिडियो कार्यालयमा ज्ञ्यापन पत्र बुझाइयो ।

एमाले जिल्ला सदस्य वसिम आलमले भन्नु भयो, ‘हजरत मोहम्मद (स.)  इस्लाम धर्मावलम्बीहरुको धर्म प्रवक्ता, अन्तिम सन्देष्टा अर्थात अन्तिम पैगम्बर (स.) हुन । उनले हजरत मोहम्मद (स.) ले गर्नु भएका कार्यहरु जस्तै मानवले मानवमाथि कुनै भेदभाव नगर्ने, समानताको सिद्धान्त, प्रजातन्त्रको सिद्धान्त प्रतिपादन, महिलाको सम्मान र एकल महिलाको संरक्षण, अमन शान्ति कायम गर्ने, सन्तानहरुलाई सम्पत्तिमा बराबरीको हक, पशुपक्षीको अधिकार लगायतको उल्लेखनीय कार्यहरु अवलम्वलन गराउनु भएको बताए ।’

त्यसै गरि मौलाना आमिर कासमीले, ‘वहाँ (स.) को उपदेशमा आधारित, समाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक क्रियाकलाप गर्दै आइरहेका बताए । उनले भने यस्तो महान् पैगम्बर (अन्तिम सन्देष्टा) (स.) को बारेमा छिमेकी देश भारत उत्तर प्रदेशका अखिल हिन्दु महासभानामक संस्थाका अध्यक्ष कमलेश तिवारीले गत हप्ता धार्मिक सभामा पैगम्बर साहब (स.) को अपमान हुने गरी वहाँ (स.) को बारेमा झुठा कपोलकल्पित कुराहरु भाषणमा गरी मुस्लिम समुदायको धार्मिक भावनासँग खेलवाड गरेका हुन ।’

brt muslim rally

मौलाना कासमीले, ‘कमलेश तिवारी जस्ता व्यक्तिले दुराषयपूर्ण कुराहरु गरी हाम्रो पैगम्बर साहब (स.)  को जिवनप्रति टिका टिप्पणी गरी गलतकार्य गरेका छन्, जसको हामी घोर विरोध गर्दछौं। निजलाई कसैको धर्म र पैगम्बर (स.)  प्रति दुराषयपुर्ण कुरा राख्ने अधिकार छैन ।‘ राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका केन्द्रिय सदस्य जफर अहमद जमालीले, ‘धार्मिक सहिष्णुता खलबलाउने उद्देश्यले विश्वका इस्लाम धर्मावलम्वीहरुको चित्तदुख्ने गरी टिका टिप्पणी गरेको हुँदा त्यस्तो खराब प्रवृत्तिका व्यक्तिलाई अविलम्ब अवश्यक कारवाही गर्न नेपाल सरकारसँग माग गरे ।’

बक्ताहरु मौलाना आमिर कासमी, मौलाना अबदुस सुबहान नदवी, मौलाना जफिर, राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका केन्द्रिय सदस्य साहब अहमद गुडडु, राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका मोरंग सयोजक सलिम अन्सारी र एमाले जिल्ला सदस्य वसिम आलम, महताब आलम लगायतले आ–आफनो मन्तबय राखेका थिए । कार्यक्रमको अध्यक्षता अन्जुमन इस्लामिया जामे मस्जिद समिति का अध्यक्ष मो हैदर अलीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.