भैरहवा – जनमत पार्टीका अध्यक्ष डा.सिके राउत आज जनमत माटो यात्राको क्रममा रुपन्देहीको रोहनी गाउँपालिकाबाट माटो लिनु भएको छ। रोहनी गाउँपालिका वडा न.३ स्थित एक किसानको खेतबाट माटो लिएको नेता रामदेब यादवले बताउनु भयो ।
हिजो बिहिवार डा. राउत सिद्वार्थनगर नगरपालिकाको भैरहवामा रहेको ऐतिहासिक हनुमान मन्दिर बाट माटो संकलन गरिएको थियो। भोलि १८ गते र १९ गते पार्टी अध्यक्ष डा. सीके राउत कपिलवस्तुको बाकी स्थानीय तहमा माटो लिन कपिलवस्तु जाने छ। विश्व शान्तिका प्रतिक भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी स्थित मायादेबी मन्दिरबाट माटो संकलन गर्दै मंसिर १० गते डा.राउतले यात्राको थालनी गरेका थिए ।
पुर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मको यात्रामा उनले हरेक स्थानिय निकायको केन्द्रमा पुगि त्यहांको माटो संकलन गर्नेछन् ।जनमत माटो यात्राबाट हरेक स्थानियनिकायको केन्द्रमा पुगेर त्यहाको माटो संकलन गर्ने र संकलन गरिएको माटाले ‘मधेस एकता उद्दान’ निमार्ण गर्ने लक्ष्य रहेको केन्द्रिय उपमहासचिव ईन्द्रजित यादवले बताए ।





