राकेश यादव, रौतहट, २२ मंसिर । रौतहट जिल्ला आन्दोलन कमजोर बन्दै गएको छ । विगत ४ महिनादेखि जारी रहेको मधेश आन्दोलन यता केही दिनदेखि आन्दोलन खुकुलो हुँदै गएपछि यहाँका बजार र सरकारी कार्यालयहरुसमेत खुल्न थालेको छ ।
सीमांकन, जनसंख्याको अधारमा निर्वाचन क्षेत्र निर्धारण लगायतका माग राख्दै आन्दोलनको घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नेपाल भारत सीमाको दशगजा क्षेत्रमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरे पश्चात वातावारण परिवर्तन भएको हो ।
बजार पूर्ण रुपमा संचालन भइसकेको छ भने सरकारी कार्यालय , टेम्पो ,रिक्सा ,जीप ,ट्रेक्टर ,लगायतका यातायातका सवारीसाधनहरु सामान्य रुपमा ओहर दोहर गरिरहेको पाइएको छ । भाडाका सवारी साधन प्रयोगमा आएपछि सर्व साधारणहरुलाई एक ठाउँवाट आर्को ठाउँमा पुग्न सहज भएको यात्रुहरुको भनाइ रहेको छ ।
सीमामा भने मोर्चाको धर्ना दिने कार्यक्रम जारी रहेको हुदा भारतवाट ठुल ठुल्ला सवारीसाधन नेपाल भित्रिन सकिरहेको छैन । मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरि जिल्ला स्तरमा शान्तिपूर्ण जुलुस प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
मोर्चामा सहभागी नेताहरुले आन्दोलनको कार्यक्रमको सम्वन्धमा बेला बेलामा समिक्षा नगर्नुको कारण आन्दोलनकारीहरु सिथिल भएका छन् । गौर चन्द्रनिगाहपुर सडकखण्डमा प्रदर्शन गरिरहेका आन्दोलनकारीहरुले पटकपटक वर्तमान अवस्थाको पहिचान गरिनुपर्ने , कार्यक्रम शसक्त बनाउनु पर्ने लगायतका विषयमा चिन्तन मनन गरि निकास खोज्नलाई आग्रह समेत गरिरहेको वुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.