हुलाकी न्यूज,जनकपुरधाम । दक्षिण अफ्रिकामा फेला परेको कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा पनि भेटिएपछि उच्च सतर्कता अपनाउन थालिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिनुभएको छ ।

विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाइ सम्पर्क रोकिसकेको अवस्थामा भारतले पनि दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकसँगै उनीहरूसँग बढी आवतजावत हुने मुलुकलाई लक्षित गरी हवाई सम्पर्कलाई विच्छेद गर्ने सम्बन्धमा अधिकारीहरूले प्रधानमन्त्रीलाई सुझाब दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.