बारा, २२ मंसिर । नेकपा एमालेले बाराको डुमरवानामा आगामी बुधबार गर्ने कार्यक्रम मधेशी मोर्चाका नेताहरुले विथोल्ने चेतावनी दिएका छन् । मधेशी मोर्चा बाराले विज्ञप्ति जारी गर्दै एमालेको कार्यक्रम स्थगित गर्न सुझाव दिएका छन् । कार्यक्रम स्थगित नगरे कार्यक्रम विथोलिने मोर्चाका नेताहरुले हुलाकी न्यूजलाई बताएका छन् ।
एमालेको सो कार्यक्रममा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाल बारामा आउने सार्वजनिक भएपछि मोर्चाले सो कार्यक्रम विथोल्ने चेतावनी मोर्चाका नेताहरुले दिएको विज्ञप्तिमा उल्लेख छ । मधेश आन्दोलनलाई कमजोर पार्न एमालेले मधेशमा यस्ता कार्यक्रमहरु गर्न लागेको मोर्चाको ठहर छ । संविधानका भ्रम चिर्ने उद्देश्यले सरकारले आयोजना गरेको राष्ट्रव्यापी अभियान अन्तर्गत नेता नेपाल बारा आउँदैछन् ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.