रंजन भण्डारी, जलेश्वर, २२ मंसिर । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेशी गठबन्धन एउटै ब्यानरमा रहेर आन्दोलन थप सशक्त बनाउनुपर्ने माग जिल्लाका नेताहरुले गरेका छन् ।
महोत्तरीको जलेश्वरमा गठबन्धन महोत्तरीले सोमबार गरेको अन्तरक्रिया कार्यक्रम सो कुराको माग गरेका छन् । राष्ट्रिय मधेश समाजवादी पार्टी (रामसपा), नेपाल सदभावना पार्टी, फोरम गनतान्त्रिक र तराई मधेश राष्ट्रिय अभियानका राष्ट्रिय अध्यक्षहरु क्रमश शरत्सिंह भण्डारी, अनिल झा, राजकिशोर यादव र जय प्रकाश गुप्ताको गठबन्धन रहेको संघीय समावेशी मधेशी गठबन्धनले मधेश आन्दोलनमा महोत्तरीको अवस्थाको समीक्षा र आगामी रणनीतिको विषयमा संघसंस्था, राजनितिक दल, मानवअधिकारवादी, बुद्धिजिवी, पत्रकार, उद्योगीहरुसँग छलफल गरिएको थियो ।
कार्यक्रममा वक्ताहरुले मधेशको माग सम्बोधनमा सरकारको उदासीन रहेको तथा मोर्चाको नाममा केही व्यक्तिले आफ्नो निजी स्वार्थ पूर्ति गर्ने गरेकोले सो प्रति सचेत हुन आग्रह समेत गरेका छन् । नेपाल सरकारले इन्धन दिने कुरा मधेशलाई नदिई पहाडी वर्गका लागि मात्र राखेकोबारे समेत गम्भिर ध्यानाकर्षण भएको वक्ताहरुले बताएका थिए ।
मोर्चा र गठबन्धनलाई एउटै ब्यानरमा रहेर आन्दोलन थप शसक्त बनाउन समेत वक्ताहरुले आग्रह गरेका थिए । साथै सरकारमा माग सम्बोधन गर्न विभिन्न रणनीति उपर चर्चा परिचर्चा समेत गरिएको थियो ।

mahottari1
रामसपाका जिल्ला अध्यक्ष राजेन्द्र प्रसाद सिंहको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबाट सुरेश पाण्डेय, अभिराम शर्मा, उद्योग वाणिज्य संघ जलेश्वरका अध्यक्ष कृपाशंकर साह, मानव अधिकारकर्मी मदन झाका साथै अन्य विशिष्ट व्यक्तित्वहरुले आफ्नो भनाई राखेका थिए भने गठबन्धनका चन्दन दुबे, कुन्दन पाण्डेय, संजय सिंह, सरोज चौधरी, सुरेश सिंह, सूर्य नारायण यादवलगायतका उपस्थिति रहेको थियो भने स्वागत मन्तव्य राजेश्वर ठाकुर र उदघोषण दिपक झाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.