
हुलाकी न्यूज, जनकपुरधामः युवा नेता प्रशान्त अरविन्दको नेतृत्वमा ४६ जना युवाहरु नेपाल कम्युनिष्ट पार्टी समाजवादीमा प्रवेश गरेका छन्।
नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको उपस्थितिमा जनकपुरधाम उपमहानगरपालिका १० स्थित देवी चौकमा आयोजित एक समारोहका बिच नेता अरविन्दको नेतृत्वमा युवाहरु पार्टी प्रवेश गरेका हुन्।
उक्त समारोहमा नेकपा एसका नेताहरु रामचन्द्र झा, श्री प्रसाद साह, प्रदेश २ का मन्त्री शत्रुघन महतो, डा.अजय झासहितका नेताहरु उपस्थित थिए।

युवा नेता अरविन्द यसअघि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० बाट वडा अध्यक्षका प्रत्यासी थिए। कम्युनिष्ट पृष्ठभूमीका नेता अरविन्दले आगामी निर्वाचनमा नेकपा एसलाई जनकपुरधाममा बलियो बनाउने बताए।



