हुलाकी न्यूज, जनकपुरधाम । नेपाल बार एसोसिएसन जनकपुरका अध्यक्ष किशोरी साहको अगुवाईमा कानून व्यवसायीहरु विगत तीन दिन देखि उच्च अदालतको मुल ढोका अवरुद्ध गर्दै धर्नामा बस्दै आएका छन् ।

जनताको आस्था रहेको स्वतन्त्र न्यायपालिका प्रति प्रधानन्यायधीशको कारण धुल्मिलिएको र न्यायलयले विश्वास गुमाएका भन्दै नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले राजिनामा दिनुपर्ने बताएका छन् । प्रधानन्यायधीशले आफ्नो स्वार्थपूर्तीका लागि स्वतन्त्र निकाय न्यायपालिकालाई कार्यपालिका र व्यवस्थापिकासंग सम्झौता गरेको वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले आरोप लगाए ।

उनले न्यायाधीश हरिकृष्ण कार्कीले बुझाएको प्रतिवेदन लागु गर्नुपर्ने आफुहरुको एक सुत्रीय माग पूरा नहुञ्जेलसम्म बार एसोसिएसन केन्द्रिय समितिको आन्दोलनलाई ऐक्यवद्धता गर्दै धर्नामा बसेको जानकारी दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.