हुलाकी न्यूज, जनकपुरधाम । जनगणनामा गणकले जाति र धर्म नै उल्लेख नगरेको भन्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ रानीबजारमा स्थानीयले गणक आलोक देवलाई लखेटेका हुन् ।
गणक घरदैलोमा गणना गर्न पुगेको बेला फारममा सबैकुरा उल्लेख गरेपनि जाती र धर्ममा स्पष्ट उल्लेख नगर्दा लफड़ा सुरु भएको छ । गणकले समय अभाव र धेरै स्थान जानूपर्ने भएकोले घरमैं गएर लेख्ने बताएका थिए भने गणकको जबाफ पछि स्थानीयले गणकलाई समातेर प्रहरीलाई बोलाएका थिए । स्थानीय प्रहरी आएरपनि कुनै कारवाही नगर्दा आक्रोशित बनेका जनकपुरधाम–१३ का बासिन्दाले गणकलाई लखेटेर भगाएका थिए ।



