हुलाकी न्यूज, काठमाडौं २१ मंसिर । एमाले अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकार भारत सामु घुँडा टेकोको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णले बताएका छन् ।
कर्णले ओली सरकारले नेपालमा ठूलो राष्ट्रियताको कुरा गर्ने तर सरकार टिकाउन भारतको शरण लिएको आरोप लगाए ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कर्णले सरकार टिकाउन ओलीले तयार पारेको सहमतिको दस्ताबेज आन्दोलनकारी पक्षलाई देखाउनु भन्दा पहिले भारतीय दुतावासमा पठाएको खुलाशा गरे ।
कर्णले भने,‘ओलीसहित प्रमुख दलहरुले तयार पारेको तीन बुँदे साझा धारणा आफूहरु भन्दै पहिला भारतीय दुतावास लैनचौरमा पठाइसकिएको थियो । ठूला दल स्वाभिमानको कुरा गर्छन तर हामीलाईभन्दा पहिला साझा धारणा लैनचौरलाई पुर्याउँछन् । के यही हो ठूला दलको स्वाभिमान ?’
कर्णले अरु दलका नेताहरु लुकिलुकि भारत र लैनचौर जाने गरेकोले हल्ला नहुने गरेको भन्दै आफुहरु खुलेआम गएकोले बढी चर्चा भएको बताए ।
नेपालको समस्या नेपालमै सम्बोधन हुनु पर्नेभन्दै अहिलेकै अवस्थामा मधेशी, आदीबासी जनजाति, दलितले यो संविधान स्वीकार नगर्ने स्पष्ट पारे ।



