बीरञ्जः पर्सा जिल्लाको पोखरियामा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको सम्बोधन हुने भएको छ।
पोखरिया बजारस्थित शहीद चौकमा मंसिर ८ गते हुने सभाको तयारी पुरा भएको महिला नेतृ नजमा खातुनले जानकारी दिएकी छिन्।
सभामा पोखरिया क्षेत्रका हजारौंको सहभागिता रहने जनाइएको छ।
सभाका लागि पर्सामा व्यापक प्रचारप्रसार गरिएको छ।
कार्यक्रममा पार्टी उपाध्यक्ष अब्दुल खानलेसमेत सम्बोधन गर्ने छन्। कार्यक्रममा पर्सा जिल्ला जनमत पार्टीका अध्यक्ष चन्दन चौहानसहित नेता विनय यादवलगायतको सहभागिता रहनेछ।
पार्टी अध्यक्ष डा.राउतले विभिन्न जिल्लामा सभाहरुको सम्बोधन गर्दै आएका छन्।