हुलाकी न्यूज, जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाको कार्यालयमा गत आइतवार बिहान छलफल भएको हो । जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साह र नेपालकालागि श्रीलंकन राजदुत हिमाली सुभाषणी अरुणतिलकाबिच शिष्टाचार भेटवार्ता भएको छ ।

छलफलका क्रममा जनकपुरधामलाई कसरी मिथिला संस्कृतिक सहरको रुपमा निर्माण गर्न राजदुत अरुणतिलकाले आग्रह गरेकी थिइन् । उनले जनकपुरधाम पौराणीक मुल्यमान्यता बोकेको सहर भएकाले मिथिला कला, संस्कृतिको झ–झल्को आउने प्रकारले विकशित गर्नकालगि उनले मेयर साहलाई सुझाएका थिए ।

जनकपुरधाममा आएर आफु अत्यधिक हर्षित भएको बताउँदै उनले केशरीया रंगले रंगिएको प्रयोगले मिथिला संस्कृति र परम्पराको झ–झल्को आएको तर, यसमा थप काम गर्नु पर्ने यसकालागि श्रीलंकन सरकार सक्दो सहयोग गर्ने आश्वासन समेत दिएकी थिइन् । छलफलमा राजदुत अरुणतिलकाले रामायण सर्किट निर्माण भएपछि यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरुको संख्यामा समेत वृद्धि हुने विश्वास व्यक्त गरेका थिए ।

रामायण सर्किट निर्माण भएपछि यहाँ नेपाली, भारतीय तथा श्रीलंकावाट बढि पर्यटक आउने उनले बताएकी थिइन् । उनले जनकपुरधामको विकास निर्माणको कार्यको प्रसंसा गरेकी थिइन् । यहाँको पोखरी, तलाउ तथा मठ मन्दिरको सौन्दर्यीकरण गरि यहाँको गरिमालाई अन्तर्राष्ट्रिय करण गरि सक्दो विदेशी पर्यटकलाई जनकपुरधाम ल्याउने आफ्नो योजना रहेको छलफलका क्रममा मेयर साहले राजदुत अरुणतिलकालाई जानकारी दिएका थिए ।

विगत ४ बर्षमा जनकपुरधाममा भएको विकास निर्माण तथा भावी योजनाहरुको विषयमा भएको छलफलमा राजदुत अरुणतिलका सकारात्मक देखिएको मेयर साहले जानकारी दिएका थिए । श्रीलंकामा रहेको अशोक वाटिका नुवारा इलिया शहर र जनकपुरधामबिच भागनी सम्वन्ध स्थापना गर्नकालागि समेत मेयर साहले राजदुत अरुणतिलका संग आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.