हुलाकी न्यूज, जनकपुरधाम । राजर्षि जनक विश्वविद्यालयका आन्दोलनरत शिक्षकहरूद्वारा जनमत पार्टीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्
जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका शिक्षकहरु विगत लामो समयदेखि आन्दोलन गर्दासमेत व्यवस्थापन पक्षले माग सम्बोधनका लागि कुनै चासो नदेखाएको आरोप लगाएका छन् ।
” राजर्षि जनक विश्वविद्यालयका क्याम्पसमा २६/२७ जना कर्मचारीको दरबन्दी रहेपनि उनीहरुका लागि आईरहेको पैसा विभिन्न सञ्चालन खर्चको नाममा प्रयोग भईरहेको र शिक्षकलाई कोर्ष करारमा राखेर १० हजार रुपैयाँ मात्रै दिइरहेकोप्रति उनको गुनासो रहेको छ । स्थापनाकालमै आफूहरुलाई कोर्ष कन्ट्रयाक्टमा पढाउन भनेको र पछि गएर दरबन्दी करारमा नियुक्ति दिने आश्वासन दिएपनि हालसम्म माग सम्बोधन नगर्दा बाध्य भएर आफूहरु आन्दोलनमा उत्रेका विश्वविद्यालयको पेपर (कोर्ष) कन्ट्रयाक्ट शिक्षक संघका सचिव रविकुमार राजले बताएका छन्।
करार नियुक्तिको माग गर्दै गत साउन २४ गतेदेखि २९ गतेसम्म पहिलो चरणमा शरीरमा कालोपट्टी बाँधेर काम गरेका शिक्षकहरु अहिले भदौ ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गरिरहेका छन् । आन्दोलनरत शिक्षकहरुको माग व्यवस्थापनले अझै पूरा गरेको छैन ।
शिक्षकहरु विश्व विद्यालयको मूलगेटमै प्रत्येक दिन बिहान ११ बजेदेखि २ बजेसम्म धर्ना दिँदै आएका शिक्षकहरुले आफूहरुको मागप्रति सम्बन्धित पक्ष उदासिन रहेको आरोप लगाउँदै अझ बढी कडा संघर्षमा उत्रने चेतावनी दिएका छन् ।
भदौ ८ गतेदेखि पठनपाठन ठप्प गरी ३५ जना शिक्षक विश्वविद्यालयको पेपर (कोर्ष) कन्ट्रयाक्ट शिक्षक संघको ब्यानरमा धर्नामा बसेका हुन् ।
स्थापनाकालमै आफूहरुलाई कोर्ष कन्ट्रयाक्टमा पढाउन भनेको र पछि गएर दरबन्दी करारमा नियुक्ति दिने आश्वासन दिएपनि हालसम्म माग सम्बोधन नगर्दा बाध्य भएर आफूहरु आन्दोलनमा उत्रेका विश्वविद्यालयको पेपर (कोर्ष) कन्ट्रयाक्ट शिक्षक संघका सचिव रविकुमार राजले बताए ।
दुई वर्षदेखि राजर्षि जनक विश्वविद्यालयसँग २६ जनाको दरबन्दी छ । तर पटक पटक त्यसमा करार गर्न आग्रह गर्दा सम्बन्धित पक्षले कुनै सुनुवाई नगरेको उनले बताए।
आफूहरुले सबै प्रक्रिया पूरा गरिसकेको उनको दाबी छ । क्याम्पसका पदाधिकारीहरुले समय समयमा आफूहरुलाई व्यवस्थापन गर्ने आश्वासन दिएपनि अझै पूरा हुन नसकेको उनले बताए ।
क्याम्पसका रजिष्ट्रार महेन्द्रप्रसाद यादवले आफूहरुलाई स्थायी नियुक्तिका लागि तयारी गर्न भनेपनि उनले अचानक गत बैशाख १३ गते विशेष टिप्पणीको आधारमा फेरि ५ जना कर्मचारीका लागि करार नियुक्तीको प्रक्रिया अगाडि बढाएपछि आफूहरुले आन्दोलन सुरु गरेको जानकारी दिए ।
अहिले क्याम्पसमा २६/२७ जना कर्मचारीको दरबन्दी रहेपनि उनीहरुका लागि आईरहेको पैसा विभिन्न सञ्चालन खर्चको नाममा प्रयोग भईरहेको र शिक्षकलाई कोर्ष करारमा राखेर १० हजार रुपैयाँ मात्रै दिइरहेकोप्रति उनको दुःखेसो छ ।
उनीहरुले समयमै आफूहरुको माग सम्बोधन नभए विश्वविद्यालयमा तालाबन्दी गर्नेदेखि आमरण अनसनमा बस्नेसम्मको चेतावनी दिएका छन् ।
यता, शिक्षकहरु धर्नामा बसेदेखि रजिष्ट्रार महेन्द्र प्रसाद यादव र उपकुलपति भरत झा विश्वविद्यालय आउन छाडेका छन् । उनीहरुको कार्यकक्ष अहिले खाली देखिन्छ ।





