हुलाकी न्यूज, काठमाडौं २१ मंसिर । संघीय समावेशी मधेशी गठबन्धनले सोमबार मधेशका सम्पूर्ण जिल्लामा अन्तरक्रिया कार्यक्रम गर्दैछ ।

संविधानमा रहेका मधेश विरोधी विषयहरुलाई केलाउँदै गठबन्धनले अन्तरक्रिया गरिरहेको नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले हुलाकी न्यूजलाई बताए ।

आजबाट हुने अन्तरक्रियामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आत्मसम्र्पण गरेको खण्डमा मधेशी गठबन्धनले कसरी अगाडि बढ्ने विषयमा छलफल हुनेछ ।

गठबन्धनमा राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) र तराई–मधेश राष्ट्रिय अभियान रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.