हुलाकी न्यूज,जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ईन्जिनीयर बसन्त कुशवाहाल भने शून्यबाट सुरुवात गरेको जनमत पार्टीले केही समयमै तराई मधेशमा आफ्नो बलियो पक्कड बनाउँदै गएको बताउँदै उनले मधेशका १० लाख युवालाई रोजागारी दिने पहिलो प्राथमिकता रहेको बताएका छन् ।

बारा जिल्लाको महागढीमाई नगरपालिकामा गत शनिबार जनमत पार्टीको अधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै उपाध्यक्ष कुशवाहाले आउँदो चुनावमा जनमत पार्टीले राजनीतिक हैसियतले मधेश पक्कड बनाउँदैगरेको दाबी गरेका छन् ।

उनले मधेशमा जनताराज ल्याउनको लागि जनमत पार्टीले घोषणा गरेको र भिजन ल्याएको १० लाख मधेशी युवाको रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर राजनीतिक यात्रा सुरु गरेको बताएका छन् ।

गाँस, बास ,कपास, शिक्षा र स्वास्थ्य मानवको प्रमुख आवश्यकता भएकोले जनमत पार्टी जनताको मांग पूरा गर्न हरपल तयार रहेको तथा देशमा भईरहेको भष्ट्राचार, बेरोजगारी अन्त गरी जनताराज बनाउनको लागि १० लाख जनतालाई रोजगार दिने प्रतिबद्धता समेत उनले जनाएका छन् ।

नेपालको राजनीतिकमा बढी भ्रष्टचारी, सामान्तबादी, अनपढ, रंगभेदी नेता पसेको तथा देशको अर्थतन्त्र धरापमा पार्न गलतनियत बनाएका केही नैतिकहिन व्यक्तिहरूले जरो गाडेको जिकिर गरेका छन् ।

“सोझा साझा निमुखा जन्तालाई मास दारु खोवाई केही रूपैया पैसाको लालच दिइ लुटने गरेको, अनेकौं प्रलोभनमा परेर हक अधिकारबाट बन्चित बनाउने गरेको आरोप लगाउनुभयो। स्थानीय सरकारमा रहेका यी छोटे राजाहरुले राजश्वको नाममा गरिब, जनताहरूको रूपैया लुटने तथा बजेट रकम करौडौ करौडौं घोटाला गर्ने, महँगा तथा बिलासिता गाडीमा चढी, मौज मस्ती गरी जीवन यापन गर्दै आएको देखिन्छ।”– उनले भने ।

महालेखा परिक्षणले पेश गरेको प्रतिवेदनमा अर्बो बजेटको घोटाला गरेको प्रष्ट भएको बताउँदै उनले जनमत पार्टीले जनताको बोली बोल्न लाग्दा सबै भ्रष्टचारीहरु मिली जनमत पार्टीलाई कमजोर पार्ने तथा जनमत पार्टीका कार्यकर्ता माथि दमन गर्ने जनतामा यस पार्टी प्रति भ्रमपार्ने अनेकौं बहाना बनाइ झुठा मुद्दाहरुमा फराउने गरेको बताए। “तर जनमत पार्टीले ती भ्रष्टचारीहरुको सबै छल प्रपंचलाई जितदै आउने सबै चुनावमा विजय हासिल गरी मधेश कब्जा गर्नेछ ।”– उपाध्यक्ष कुशवाहाले प्रष्ट पारे।

नगर अधिवेशनको क्रममा जनमतको ३१ सदस्यीय समिति चयन गरिएको हो । सियाराम जयसवालको अध्यक्षता तथा जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष ई. बसन्त कुशवाहाकै उपस्थितमा भएको सो कार्यक्रममा नयाँ पदाधिकारीहरुलाई स्वागत गरिएको थियो ।
केन्द्रीय सदस्य सुनिल यादव, महम्द इरफान शेख, सास्कृतिक जनमत संघ केन्द्रीय संयोजक आर के राईटर लगाएतका दर्जनौं नेताहरूको उपस्थितमा कार्यक्रममा सम्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.