हुलाकी न्यूज,जनकपुरधाम । धान झार्ने थ्रेसरमा च्यापेर पर्सामान८ वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं ६ माधवपुरका भुटेश्वर साहको ८ वर्षीय छोरा ओमबाबु साहको धान झार्ने थ्रेसरमा च्यापेर मृत्यु भएको प्रहरीले जनाएका छन्।

शनिबार राति ना ६ त ५०४५ नंको ट्याक्टरमा थ्रेसर जडान गरी धान झार्न लैजाँदै गर्दा अचानक थ्रेसर पल्टिएर ओमबाबुलाई किचेको थियो भने थ्रेसरले च्यापेर गम्भीर घाइते भएका उनलाई उपचारको क्रममा तराई अस्पतालमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिएका हुन् । प्रहरीले थ्रेसर र ट्याकटर नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक भने फरार भएको छ । चालकको खोजी भइरहेको प्रहरीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.