रंजन भण्डारी, जलेश्वर, २१ मंसिर । नेपाली काँग्रेसको महोत्तरी जिल्ला समितिले आईतवार प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाए पश्चात पार्टी कार्यालयमा पत्रकारहरुसंग कुरा गर्दै जिल्ला समिति अध्यक्ष महेन्द्र कुमार रायले मधेशमा विद्यमान समस्याको निकास समयमै ननिकाले देशमा ठुलो दुर्घटना हुन सक्ने बताएका छन् ।
विगत ११४ दिन देखि मधेशका जनताहरु मारमा परेको बताउदै किसान, मजदुर, विद्यार्थी, शिक्षक, कर्मचारी, गृहिणी लगायतको सवैले समस्या भोग्नु परेकोले यथाशीघ्र वार्ता गरि निकास दिन सो विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

मंसिर १५ गते गौशालामा बसेको जिल्ला कार्यसमितिको वैठकमा संसदमा काँग्रेसले दर्ता गराएको संबिधान संसोधन सम्बन्धी जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको पुनरावलोकन, समानुपातिक समावेशिताको आधारमा राज्यको अंग तह र निकायमा प्रतिनिधित्वको व्यवस्था र सुनिश्चितता, पहिचान, भुगोल, संस्कृति लगायतको आधारमा मधेश प्रदशको सिमांकन, भ्रष्टाचार र कालोबजारी लगायतका नियन्त्रण, जारी मधेश आन्दोलनमा विरगति प्राप्त गरेकालाई शहिद घोषणा गर्नु पर्ने, महोत्तरीलाई सुख्खा क्षेत्र घोषणा गर्नुपर्ने र उखु किसानका लागि विशेष व्यवस्था गर्न सो निर्णय गरि सोहि निर्णय ज्ञापनपत्र मार्फत प्रधानमन्त्री समक्ष कार्यान्वयका लागि आग्रह गरिएको छ ।

2

साथै नेपाली काँग्रेसले फागुनमा हुने नेपाली काँग्रेसको महाअधिवेशनका लागि सो पूर्व नै गाउ, क्षेत्र र जिल्ला अधिवेशन सकाउनु पर्ने भएपनि मधेश आन्दोलनका कारण अहिले सो सम्भव नभएकोले काँग्रेस जिल्ला समितिले केन्द्रिय सभापतिलाई पत्र पठाउदै सहज वातावरण निर्माणका लागि वार्ता मार्फत मधेशको माग सम्बोधन गर्न अपिल समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.