झापा, २१ मंसिर । चार दल मिलेर निर्माण गरिएको संघीय समावेशी मधेशी गठबन्धन झापामा पनि गठन गरिएको छ । गठबन्धनमा जेपी गुप्ता समूह, शरतसिंह भण्डारी समूह, राजकिशोर यादव समूह र अनिलकुमार झा समूह मिलेर झापामा गठबन्धन निर्माण गरिएको छ ।
तमरा अभियानका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य घनश्याम चौधरीको संयोजकत्वमा ११ सदस्यीय जिल्ला समिति गठन गरिएको छ । आइतबार गठबन्धनमा आबद्ध झापा जिल्लाका पार्टी प्रमुख र प्रतिनिधिहरुको बैठकले सचिव देवेन्द्र किशोर ढुंगा (रामसपा जिल्ला अध्यक्ष), सदस्यहरु राजकुमार साह (नेसपा जिल्ला अध्यक्ष), सुन्द लाल साह (मजफो गणतान्त्रिक जिल्ला अध्यक्ष), सुन्दर देवी शाह (रामसपा के.सदस्य), सन्जय कु.शर्मा (तमरा अभियान जि.सचिव), कृष्ण प्र.थपलिया (रामसपा जि.सचिव), प्रेम नारायण सुढी(मजफो ग.जि .स), इन्द्रजित चौधरी (तमरा अभियान जि.कोषाध्यक्ष), प्रदिप कु.अग्रवाल (मजफो जि .सचिव) र जेम्स कु.शर्मा (तमरा अभियान जि.स) रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.