हुलाकी न्यूज, जनकपुरधाम । ढल्केवरको कोमल होटलमा बुधबार आयोजित एक कार्यक्रमबीच पदभार हस्तान्त्ररण तथा सपथग्रहण सम्पन्न भएको हो ।मानवीय परोपकारी कार्य गर्ने उद्देश्यले धनुषाको ढल्केवरमा स्थापना भएको लाइन्स क्बल अफ मिथिलाको पदभार हस्तान्त्ररण तथा सपथग्रहण सम्पन्न भएको ।
कार्यक्रमको अवसरमा ढल्केवरका युवा व्यवसायी जयप्रकाश साहको अध्यक्षता गठन भएको क्लब अफ मिथिलाका पदाधिकारीलाई डिस्ट्रिक ए टु ३२५ का गर्भनर केशव पाण्डे सथपग्रहण गराए । त्यसअधि लायन्स क्लब अफ जनकपुरधामका अध्यक्ष राजदीप चौधरीले क्लब अफ मिथिलाका अध्यक्ष साहलाई ग्याम्बर हस्तान्त्ररण गरेर जिम्मेवारी प्रदान गरेका थिए ।
पदभार हस्तान्तरण तथा सपथग्रहण समाहरोमा डिस्ट्रिक ए टु ३२५ का गभर्नर पाण्डेले लाइन्स क्लबको उद्देश्यमाथि प्रकाश पार्दै अमेरिकाको शिकागो शहरमा सन् १९१७ को जुन ७ मा मानवीय सेवाको उदेश्यले लायन्सको गठन भएको बताए ।



