रमेश ठाकुर, रौतहट, २१ मंसिर । जिल्ला प्रहरी कार्यालय गौर रौतहटले अवैद्य हतियारसहित एकजना एमाओवादी कार्यकर्तालाई आइतबार पक्राउ गरेको छ ।
अवैध हतियार राखेको विशेष सूत्रको जानकारीको आधारमा रौतहट प्रहरीले विश्रामपुर गाविस वडा नम्बर ६ बाट पुनितलाल साहको ३३ वर्षिया छोरा राकेश साहलाई आइतबार दिउंसो ३ बजेको समयमा पक्राउ गरेको हो । एमाओवादीको भातृ संगठन भोजपुरा राज्य समितीको सदस्य रहेको साह हतियार बेच्न खोजेको सूचनाको आधारमा प्रहरीले आफै क्रेता बनि गएर पक्राउ गरेको प्रहरीले पत्रकार सम्मेलन गरि जनाएको छ । प्रहरीले साहलाई पेट्रो एण्ड ब्राटा कम्पनीको ईटालियन अटोमेटिक पेस्तोल सहित विश्रामपुरको पुल नजिकबाट पक्राउ गरेको हो ।
मधेशको जिल्लाहरुमा जारी आन्दोलनको क्रममा प्रहरीको ध्यान आन्दोलन तिर केन्द्रित भएको मौकाको फाईदा उठाउंदै हतियार तस्करहरुले अवैध हतियारको कारोबारलाई तिब्रता दिएको भन्ने गोप्य सुचनाको अधारमा यसतर्फ प्रहरीले केहि दिनदेखी विशेष ध्यान पुर्याएको र सोहि क्रममा साहलाई पक्राउ गर्न सफल भएको रौतहटका प्रहरी उपरिक्षक गणेश राज रेग्मीले बताएका छन् ।
अभियुक्त साहको साथबाट प्रहरीले १ थान मोबाईल सेट, २ वटा नागरिकता, डायरी र केही रकम लगायत अन्य कागजातहरु पनि बरामद गरको छ ।

5 COMMENTS

  1. We’re a group of volunteers and opening a brand new scheme in our community.
    Yoour web site provided us with useful inforation to work on. You’ve performed
    an impressive activity andd our whole community
    can be gratefhl to you.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.